काठमाडौं । आज बुधबार नेप्से परिसूचक ४८.४२ अंकले ओरालो लागेको छ । हिजो मंगलबार नेप्से ५६.०३ अंकले घटेर नेप्से बन्द भएको थियो । आज नेप्से बिन्दु ३०४६.७४ भई पुरानै लयमा आएको छ । सेयर कारोबार रकम पनि घटेर १२ अर्ब सीमित भएको छ ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ९.६७ ले घटेर ५६७.०९ मा पुगेको छ ।
आज कुल २२७ कम्पनीको १ करोड ९५ लाख ९९ हजार ०८९ कित्ता सेयर १२ अर्ब ९२ करोड १० लाख ३ हजार ५०४ मूल्यमा खरिदबिक्री भएका छन् ।
कारोबार भएका कुल १३ उपसमूहहरु सबैको सेयर आज ओरालो लागेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूहहरुको ४५३.२२ ले घटेको छ ।
कारोबारका आधारमा आज अरुन काबेली पावर लिमिटेड रिडी हाइड्रोपावर विकास शीर्ष स्थानमा रहेका छन् । सो कम्पनीको ४८/४८ करोडबराबरको कारोबार भएका छन् ।
आज बजार दोहोरो अंकले गिरावट हुँदा पनि यी जीवन विकास लद्युवित्तको सेयरमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । खानिखोला हाइड्रोपावर कम्पनी लिमिटेडको ९.९८ प्रतिशतले गुमाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया