काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयर खरीद-बिक्री प्रकरणमा विवादमा परेपछि नेपाल धितोपत्र बोर्डका सञ्चालकबाट चन्द्र ढकालले राजीनामा दिएका छन्।
ढकालले अध्यक्ष गोल्छालाई पत्र लेखेसँगै महासंघले धितोपत्र बोर्डलाई ढकालको ठाउँमा अर्कै प्रतिनिधि पठाउने भन्दै पत्राचार गरेको छ ।
ढकालको ठाउँमा अर्को प्रतिनिधि कसलाई पठाउने भन्ने निर्णय नभए पनि उनको पद रिक्त भएको पत्र भने बोर्डमा पठाइएको महासंघ स्रोतले जानकारी दियो ।
मंगलबार मात्रै नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीईओ चन्द्रसिंह साउदले राजीनामा दिएका थिए ।
बोर्डका अध्यक्ष ढुंगानाको छोरी रेविका ढुंगाना, भाइ हेमराज ढकाल र नेप्सेका सीईओ साउदले श्रीमती सुशीलाकुमारी बोहराको नाममा नेप्सेको ओटीसी बजारमार्फत ०७७ माघ २६ गते सेयर खरिद गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया