काठमाडौं। इंग्लिश फुटबल लिग (ईएफएल) काराबाओ कपमा आर्सनलले यस सिजनको पहिलो सफलता हात पारेको छ।
बुधवार राति खेलिएको खेलमा आर्सनलले च्याम्पियनसिप टोली वेस्ट ब्रमलाई ६-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ। वेस्ट ब्रमको घरेलु मैदान हथर्न्समा खेलिएको खेलमा आर्सनलका कप्तान पिएरे औबामेयाङले ह्याट्रिक प्रहार गरेका थिए।
आर्सनलले १७औं मिनेटमा औबामेयाङको गोलमार्फत खेलमा अग्रता लिएको थियो। त्यस्तै खेलको ४५औं मिनेटमा औबामेयाङले आर्सनलको अग्रता दोब्बर बनाएका थिए। दोस्रो हाफमा आर्सनलका विंगर पेपेले गोल गर्दै पाहुना टोलीको अग्रता तेब्बर बनाए। खेलको ५०औं मिनेटमा बुकायो साकाले गोल गर्न सफल भए।
त्यस्तै खेलको ६३औं मिनेटमा कप्तान औबामेयाङको ह्याट्रिक पूरा भयो। दोस्रो हाफमा प्रतिस्थापन भएर मैदान प्रवेश गरेका आर्सनलका स्ट्राइकर लाकाजेटेले खेलको ६९औं मिनेटमा गोल गर्न सफल भए।
यस जितसँगै आर्सनल कारबाओ कपको तेस्रो चरणमा प्रवेश गरेको छ। आर्सनलले प्रिमियर लिगमा भने शनिवार च्याम्पियन म्यान्चेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया