सहयोग विकास बैंकको २० प्रतिशत बोनस वितरण

काठमाडौं, २६ चैत । सहयोग विकास बैंकले २० प्रतिशत बोनस सेयर सेयरधनिलाई वितरण गरेको छ । बैंकले सो बोनस सेयर सेयरधनिको डिम्याट खातामा जम्मा गरेको जनाएको छ । बैंकले साधारण सभाका लागि बुक क्लोज गरेको दिन मंसिर २८ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीलाई बोनस वितरण गरेको हो ।गत मंसिर २८ गते पश्चात सेयर डिम्याट गर्ने सेयरधनीको बोनस सेयर बैंकले क्रमशः हितग्राही खातामा पठाउने बताएको छ । यसका लागि सेयरधनीले आफ्नो हितग्राही खाता नं. सहितको निवेदन बैंकको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल बबरमहलमा बुझाउनुपर्ने बैंकले जनाएको छ ।हालसम्म पनि सेयर डिम्याट नगरेका सेयरधनीले बैंकको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल तथा अन्य निक्षेप सदस्य मार्फत डिम्याट खाता खोलेर सेयर डिम्याट गराएपश्चात मात्र बोनस सेयर खातामा जम्मा गरिने बैंकले जनाएको छ ।गत पुस १५ गते सम्पन्न १४ औं वार्षिक साधारणसभाले आव २०७३–७४ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको थियो ।चालु अर्थिक वर्षको दोस्रो त्रैमासमा ४ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?