आजको मौसम : कुन-कुन स्थानमा हुनेछ भारी वर्षा ?

लोकपथ
462
Shares

काठमाडौं । आज देशको अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज प्रदेश १, प्रदेश २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी÷धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्युन चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?