काठमाडौं । साहस उर्जा लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि बिक्रीमा ल्याएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । साउन २९ गतेदेखि कम्पनीले प्रतिशेयर १ सय अंकित मुल्यमा ३५ लाख कित्ता आईपीओ बिक्रीमा ल्याएको हो ।
आईपीओ खरिदका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताका लागि छिटोमा भदौ ११ गतेसम्म र ढिलोमा भदौ २७ गतेसम्म खरिद गर्न सक्नेछन् ।
तर मागभन्दा धेरै आवेदन परेकाले आज भदौ ११ गते बैंकिङ आवर सम्मको समयावधिमा सेयर भर्न मिल्ने छ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया