बागमती प्रदेशसभाको आठौं अधिवेशन अन्त्य

लोकपथ
56
Shares

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको अधिवेशन अन्त्य गरेको हो ।

बैठकले शुक्रबार राति १२ बजेबाट प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद्को बैठकेले गरेको निर्णयअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले अधिवेशन अन्त्य भएको पत्रमा हस्ताक्षर गर्दै प्रदेशसभा सचिवालयलाई जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?