काठमाडौंलाई हराउँदै टीम चौराहा धनगढी प्रिमियर लिगको फाइनलमा

धनगढी, २७ चैत । काठमाडौं गोल्डेनमाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै धनगढीको टीम चौराहा धनगढी प्रिमियर लिग (डीपीएल) को फाइनलमा प्रवेश गरेको छ ।मंगलबार भएको पहिलो क्वालिफायर चरणको खेलमा काठमाडौं गोल्डेन्सले दिएको १ सय २८ रनको लक्ष्य टीम चौराहाले १ बल बाँकी छँदा ९ विकेट गुमाएर पार गर्यो ।अन्तिम ओभरको खेल बाँकी रहँदा टीम चौराहालाई ४ बलमा १० रन आवश्यक थियो । उसँग ३ विकेट बाँकी थियो । अन्तिम ओभरको २ बल बाँकी हुँदासम्म टीम चौराहाले २ विकेट गुमाइसकेको थियो भने जम्मा ४ रन मात्र जोडेको थियो । पाँचौ बलमा सम्सद शेखले छक्का प्रहार गरेपछि टीम चौराहा विजयी भयो ।टीम चौराहाको जितका लागि रोहन मुस्ताफाले ३३ र शंकर रानाले २८ रन, सोनु तामाङले १४ र सुनिल धमलाले १३ रन जोडे । बलिङतर्फ काठमाडौं गोल्डेन्सका सहाब आलम, सन्नी पटेल र रसिद खानले समान २ विकेट लिए भने ललित राजवंशी र सुवोध भाटीले १–१ विकेट लिए ।टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं गोल्डेन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो । काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले ३८, अमित श्रेष्ठले ३६, पुष्प थापाले नटआउट १६ रन जोडे ।बलिङतर्फ टीम चौराहाका सोमपाल कामी, ललित सिंह भण्डारीले २–२ तथा सुनिल धमला, संसद सेख र रोहन मुस्ताफाले समान १ विकेट लिए ।जारी प्रतियोगितामा पहिलो हार भोगेको काठमाडौंलाई फाइनल पुग्ने बाटो अझै खुला छ ।महेन्द्रनगर युनाइटेड र सीवाईसी अत्तरियाबीचको खेलको विजेतालाई पराजित गरेमा काठमाडौं फाइलन पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?