काठमाडौं। सन् २०२१/२२ सिजनको अन्तिम ग्रान्ड स्लाम प्रतियोगिता, यूएस ओपनको पहिलो चरणको खेलमा ग्रीसका स्टेफानोस ट्सिसिपासले ग्रेट ब्रिटेनका भेट्रान खेलाडी एन्डी मुर्रेलाई पराजित गरेका छन्।
मंगलवार विहान आर्थर आशे स्टेडियममा खेलिएको खेलमा ट्सिसिपासले मुर्रेलाई २-६, ७-६ (९/७), ३-६, ६-३ र ६-४ को रोमाञ्चक सेटमा पराजित गरेका हुन्। पहिलो तथा तेस्रो सेटमा जित निकालेका मुर्रेले तीन सेटको अन्त्यसम्म २-१ को अग्रता लिएका थिए।
तर चौथो तथा पाँचौं सेटमा शानदार पुनरागमन गरेका ट्सिसिपासले खेलमा कुल १५९ अंक बटुल्दै जित दर्ता गर्न सफल भए। खेलमा ट्सिसिपासले १९ एससँगै १ टाइ ब्रेकर समेत आफ्नो पक्षमा पार्न सफल भएका थिए।
पहिलो चरणका अन्य खेलमा विश्व नम्बर ५ आन्द्रे रुब्लेभले इभो कारलोभिचलाई पराजित गरेका छन्। त्यस्तै विश्व नम्बर ११ ड्यानियल स्क्वार्जम्यान तथा विश्व नम्बर १२ अगर आलियासिमेले पनि आआफ्नो खेलमा जीत दर्ता गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया