काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ सेयरमा आवेदन दिने आज अन्तिम दिन हो।
कम्पनीले भदौ १ गतेदेखि १८ लाख कित्ता साधारण सेयर खुला गरेको थियो ।
कम्पनीले प्रतिसेयर १ सय अंकित मुल्यका उक्त कित्ता सेयर आयोजना प्रभावित स्थानिय बासिन्दा तथा संस्थापक सेयरधनीहरुलाई बिक्रि गर्न लागेको हो ।
कम्पनीले आयोजना प्रभावित लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा ६,७ र ८ का स्थानिय बासिन्दाहरुका लागि ५ लाख कित्ता र लमजुङ जिल्ला बाहेक अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १० लाख कित्ता सेयर बिक्रि गर्ने भएको हो ।
बाँकी रहेको ३ लाख कित्ता कम्पनीले संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विकास कम्पनीका कर्मचारीहरुका लागि बिक्रि गर्ने जनाएको छ ।
आईपीओ बिक्रि प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया