काठमाडौं । नेपाल धितोपत्र बोर्डका अनुसार ५ हाइड्रोपावर कम्पनी र तीन वित्तीय संस्था गरी ८ कम्पनीको १ अर्ब १४ करोडबराबरको आइपीओ निष्कासनको पाइपलाइनमा रहेको छ ।
१. थ्रि स्टार हाइड्रोपावर कम्पनी
प्रक्रियामा रहेको थ्रि स्टार हाइड्रोपावर कम्पनीको १२ करोड ३१ लाख २५ बराबरको १२ लाख ३१ हजार २५० कित्ता सेयर आईपीओ बिक्री खुला गर्न पालो पर्खिरहेको छ । आईपिओ निष्कासनका लागि कम्पनीले गत साउन १७ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । कम्पनीको बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ ।
२. फेल्स पावर
गत साउन १३ गते धितोपत्र बोर्ड निवेदन रिर्भर फेल्स पावरले आईपीओ निष्कासनका लागि पालो पर्खिरहेको छ । कम्पनीले ३४ करोड ३० लाखबराबरको ३४ लाख ३० हजार कित्ता सेयर निष्कासन गर्ने भएको हो । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।
३. अपर हेवाखोला हाइड्रोपावर कम्पनी
अपर हेवाखोला हाइड्रोपावर कम्पनीले २० करोडबराबरको २० लाख कित्ता सेयर आईपीओ बिक्री खुला गर्न पालो पर्खिरहेको रहेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि गत जेठ २ गते आवेदन पेस गरेको हो । कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।
४. सयपत्री हाइड्रोपावर
सयपत्री हाइड्रोपावरले ९ करोडबराबरको ९ लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग्दै गत वर्षको फागुन २० गते धितोपत्र बोर्ड निवेदन दिएको थियो । कम्पनीको बिक्री प्रबन्धक एनएलबीएल क्यापिटल रहेको छ ।
५. अपर सोलु हाइड्रोपावर
आईपीओ निष्कासनको पालो पर्खिरहेको अपर सोलु हाइड्रोपावर पनि रहेको छ । यो कम्पनीले ३३ करोड ७ लाख ५० बराबरको ३३ लाख ७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्न पालो पर्खिरहेको छ । यो कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै गत वर्षको चैत १६ गते बोर्डमा निवेदन दिएको थियो । कम्पनीको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
लघुवित्तअन्तर्गतका कम्पनीहरु
यसैगरी लघुवित्तअन्तर्गतका नेष्डो समृद्ध लघुवित्त, जल्पा सामुदायिक लघुवित्त र उपकार लघुुवित्तले आईपीओ निष्कासनको पालो कुरिरहेका छन् ।
६. नेष्डो समृद्ध लघुवित्त
नेष्डो समृद्ध लघुवित्तले ८ करोड २८ लाख ७५ हजारबराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासनका लागि गत असार ६ गते आवेदन पेस गरेको हो । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेका छन् ।
७. जल्पा सामुदायिक लघुवित्त
जल्पा सामुदायिक लघुवित्तले ५ करोड २२ लाखबराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासनको अनुमति माग्दै गत असार २० गते धितोपत्र बोर्ड निवेदन दिएको थियो । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।
८. उपकार लघुवित्त
उपकार लघुवित्तले २ करोड ६६ लाखबराबरको २ लाख ६६ हजार कित्ता आईपीओ निष्कसानको पालो पर्खिरहेको छ । कम्पनीले गत साउन १३ गते आईपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको छ । कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबीआई क्यापिटल रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया