सानिमा लाईफको आईपीओ नेप्सेमा कहिले सूचिकृत होला ?

लोकपथ
889
Shares

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कहिले सूचिकृत होला ? ओपनिङ रेन्ज कति पाउला ? आम लगानीकर्तामा चाँसोको विषय बनेको छ ।

आईपीओ बाँडफाँड भएको लामो समय बितिसक्दा पनि नेप्सेमा सूचिकृत नहुँदा आम लगानीकर्तामा यी प्रश्न उठेको छ ।

सानिमा लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडका अनुसार आईपीओ सूचीकरणका लागि प्रक्रिया भइरहेको र सम्भवत आजै (बुधबार) नेप्सेसँग सूचीकरण सम्झौता गरिनेछ । उक्त आईपीओ आज सूचीकरण भएमा भोलि बिहिबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कम्पनीको आईपीओले पहिलो कारोबारका लागि न्यूनतम १०३ रुपैयाँ १७ पैसादेखि अधिकतम ३०९ रुपैयाँ ५१ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ ।

नेप्सेले प्रत्येक कम्पनीकाे पहिलो कारोबारका लागि कम्पनीको प्रतिसेयर नेटवर्थबाट त्यसको तीन गुणासम्म मूल्य तोक्ने गर्दछ । यसरी हेर्ने हो भने कम्पनीको आर्थिक वर्ष २०७५/७६ को प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ १७ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ३०९ रुपैयाँ ५१ पैसा हुन्छ । कम्पनीको आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण अपरिष्कृत छ । त्यसैले आर्थिक वर्ष २०७५/७६ को नेटवर्थबाट कम्पनीको ओपनिङ रेञ्ज ताेकिनेछ ।

कम्पनीको आर्थिक वर्ष २०७६/७७ सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार प्रतिसेयर नेटवर्थ १०९ रूपैयाँ ६७ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?