भारतीय कप्तान क्षेत्री कसरी आए फुटबल क्षेत्रमा ?

काठमाडौं । भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले आमाको प्रेरणाले आफू फुटबलमा आएको बताएका छन् ।

नेपाल र भारतबीच हुने मैत्रीपूर्ण खेल अघि भएको पत्रकार सम्मेलनको क्रममा विषेश प्रसंगमा क्षेत्रीले आमाको प्रेरणाले आफू फुटबल जोडिएको बताएका हुन् । आमाको स्पोर्टस कल्चरबाट फुटलमा लाग्ने वातावरण मिलेको समेत उनले बताए ।

पिताको सिपाही जागिरको सिलसिलामा भारतमा नै हुर्किएका सुनिलले भारतीय राष्ट्रिय टोलीबाट फुटबल खेल्दै आएका छन् । उनका नातेदार नेपाल झापा, पोखरा र काठमाडौंमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?