काठमाडौं। चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)का लागि फ्रेन्चाइज टोली चितवन टाइगर्सको मुख्य प्रायोजकका रूपमा प्रभु पेलाई सार्वजनिक गरिएको छ।
बुधवार सम्पन्न प्रेस कन्फरेन्समा चितवन टाइगर्सका प्रमुख किशोर भट्टराई र प्रभु म्यानेजमेन्टका प्रमुख कुसुम लामाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। त्यस्तै चितवनले दिल्लीका पूर्व क्रिकेटर पुरु सिंहलाई टिम व्यवस्थापक र सहायक प्रशिक्षकको रूपमा नियुक्त गरेको छ। ४० वर्षीय सिंह आईसीसी लेभल २ का प्रशिक्षक समेत रहेका छन्।
त्यस्तै कार्यक्रममा चितवनले आफ्नो विदेशी तथा स्वदेशी खेलाडीको नामावली समेत सार्वजनिक गरेको छ। चितवनको टोलीमा पाँच विदेशी खेलाडी सम्मिलित रहेका छन्।
विदेशी खेलाडी
शेकुगे प्रसन्न (श्रीलंका), मोहम्मद शेहजाद (अफगानिस्तान), करिम जन्नत (अफगानिस्तान), डानिस अजीज (पाकिस्तान), विरन्दिप सिंह (मलेसिया)
स्वदेशी खेलाडी
सोमपाल कामी (कप्तान), कमल सिंह ऐरी, साहब आलम, ईशान पाण्डे, ललित सिंह भण्डारी, दिलीप नाथ, सागर ढकाल, राजेश पलामी मगर, हासिम अन्सारी, भीम सार्की, खडक बहादुर बोहरा, आदील खान, सन्दीप सुनार, देवराज खनाल, गौतम केसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया