काठमाडौं । नेपाल राष्ट्र बैंक बिहीबार (आज)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जस अनुसार बिहीबार एक अमेरिकन डलरको खरिददर ११६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११७ रुपैयाँ २४ पैसा तोकेको छ ।
त्यसैगरी यूरोपियन यूरो एकको खरिददर १३७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५५ पैसा कायम भइ कारोबार भइरहेको छ ।
राष्ट्र बैंकका अनुसार आजका लागि एक साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ १० पैसा र बिक्रीदर ३१ रुपैयाँ २६ पैसा रहेको छ ।
त्यसैगरी कतारी रियल एकको खरिददर ३२ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३२ रुपैयाँ १९ पैसा कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया