काठमाडौं। फिफा विश्वकप २०२२ को युईएफए छनोट खेल अन्तर्गत समूह ‘आई’को खेलमा युरो कप उप-विजेता इङ्ल्यान्डले हंगेरीलाई ४-० गोलले पराजित गरेको छ।
हंगेरीको ग्राजधानी बुडापेस्टमा बिहीवार राति भएको खेलमा दुवै टोलीले गोलरहित बराबरीको पहिलो हाफ खेलेका थिए। तर दोस्रो हाफमा इङ्ल्यान्डले अग्रता लिन सफल भयो।
खेलको ५५औं मिनेटमा इंग्लिश फरवार्ड रहिम स्टरलिङले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए। खेलको ६३औं मिनेटमा कप्तान ह्यारी केनको गोल मार्फत इङ्ल्यान्डले अग्रता दोब्बर बनायो।
त्यसपछि खेलको ६९औं मिनेटमा इंग्लिश रक्षक ह्यारी मगवायरले इङ्ल्यान्डको अग्रता तेब्बर बनाए। निर्धारित ९० मिनेटको खेल सक्किन केही बेर मात्र बाँकि रहँदा इङ्ल्यान्डको खेलमा चौथो गोल गर्न सफल भयो।
यसपटक मिडफिल्डर डेकलान राइसको गोलमा इङ्ल्यान्डले ४-० गोलको शानदार जित दर्ता गरेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया