फ्लिक्को पहिलो आधिकारिक खेलमा जर्मनी विजयी

काठमाडौं। फिफा विश्वकप २०२२ को युईएफए छनोट चरण अन्तर्गत समूह ‘जे’को खेलमा जर्मनीले लिच्टेन्स्टाइनलाई २-० गोलले पराजित गरेको छ।

लिच्टेन्स्टाइनमा बिहीवार राति खेलिएको खेल जर्मनीका नयाँ प्रशिक्षक हान्सी फ्लिकको पहिलो आधिकारिक खेल रहेको थियो। सो खेलमा जर्मनीले पहिलो हाफमा नै अग्रता लिन सफल भयो।

Leroy Sane on target as Germany begin Hansi Flick era with win over  Liechtenstein in World Cup qualifying | Bundesliga

पाहुना टोलीका लागि टिमो वर्नरले खेलको ४१औं मिनेटमा गोल गरेका थिए। पहिलो हाफमा १-० गोलको अग्रता लिएको जर्मनीले दोस्रो हाफमा अर्को गोल थप्यो।

खेलको ७७औं मिनेटमा जर्मनीका विंगर लेरोय सानेले गोल गर्दै जर्मनीको अग्रता दोब्बर बनाए। घरेलु टोली लिच्टेन्स्टाइनले खेलमा कुनै पनि गोल गर्न नसक्दा जर्मनीले सहज जित दर्ता गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?