समाज र स्वस्तिक लघुवित्तको मर्जर प्रक्रिया अस्वीकृत, कारण यस्तो

लोकपथ
84
Shares

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर प्रक्रिया बहुमतले अस्वीकृत भएको छ।

कम्पनीको केन्द्रीय कार्यालय कहाँ राख्ने भन्ने विषयमा सहमति जुट्न नसकेपछि समाज लुघवित्तले स्वस्तिक लघुवित्तसँगको मर्जर प्रक्रिया रद्द गरेको हो।

यसअघि एकीकृत कार्यालयको मुख्य कार्यालय महोत्तरीको बर्दिबासमा राख्ने सैद्धान्तिक सहमति भएको थियो। तर पछि मुख्य कार्यालय साविकको स्वस्तिक लघुवित्तको केन्द्रीय कार्यालय लाहानमा राख्ने भएपछि मर्जर प्रक्रिया जान समाज लघुवित्तका बहुमत सेयरधनी असहमत भएका हुन्।

यी दुवै संस्थाबीच २०७७ असोज ५ गते मर्जर गर्ने प्रारम्भिक सम्झौता भएको थियो। २०७७ फागुन २० गते गाभ्ने/गाभिने सैद्धान्तिक सहमति समेत भएको थियो ।

मर्जर प्रक्रियालाई मूर्तरूप दिन समाज २०७८ जेठ ११ गते विशेष साधारणसभा डाकेको थियो तर उक्त विशेष साधारणसभामा गणपूरक संख्या नपुगेकोले असार १० गतेको विशेष साधारणसभा गरिएको थियो।

उक्त सभामा उपस्थित बहुमत सेयरधनीले संस्थाको केन्द्रीय कार्यालय स्वस्तिकको केन्द्रिय कार्यालय रहेको सिराहको लहानमा राख्न नसकिने भनेपछि मर्जर प्रक्रिया तोड्नु परेको समाज लघुवित्तले जनाएको छ।

कम्पनीले स्वस्तिकसँग मर्जरमा नजानुका कारणसहितको पत्र हिजो नेपाल राष्ट्र बैंकमा पठाएको छ ।

समाज लघुवित्तले नेपाल राष्ट्र बैंकलाई पठाएको पत्र हेर्नुहोस्:-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?