रोनाल्डोको पेनाल्टी गोलले रियल सेमिफाइनलमा, वायर्न पनि अन्तिम चारमा

काठमाडौं, २९ चैत । डिफेन्डिङ च्याम्पियन रियल मड्रिड र बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेका छन् ।यो सँगै सेमिफाइनलका समिकरण पूरा भएको छ । यसअघि नै इटालीको रोमा र इङल्यान्डको लिभरपुल च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगिसकेका छन् ।बुधबारराति भएको खेलमा युभेन्टससँग रियल मड्रिड ३–१ ले पराजित भएपनि समग्रमा ४–३ को जितसँगै रियल अन्तिम चारमा पुग्यो ।उत्कृष्ट कमब्याक गर्ने योजनामा देखिएको युभेन्टसले ३–० को अग्रता बनाइसकेको भएपनि अन्तिम समयमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टी गोल गरेपछि अन्तिम चारमा पुग्यो ।बुधबारराति नै भएको अर्को खेलमा बार्यन म्युनिखले घरेलु मैदानमा सेभियासँग गोलरहित बराबरी खेले पनि पहिलो लेगमा बनाएको दुई–एकको अग्रताका कारण सेमिफाइनलमा प्रवेश गर्यो ।बुन्डेस लिगाको उपाधी जितिसकेको बार्यनले घरेलु मैदानमा पछिल्ला दुई खेलमा ठूलो अन्तरको जित निकालेको भए पनि सेभियाविरुद्ध भने बराबरी खेल्यो ।यो सँगै बार्यन च्याम्पियन्स लिगको सेमिफाइनलमा धेरैपटक पुग्ने दोस्रो टिम बनेको छ । रियल मड्रिड १३ पटक पुगेको छ भने बार्यनको यो ११ औं च्याम्पियन्स लिगको सेमिफाइनल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?