काठमाडौं। जारी यूएस ओपन २०२१ अन्तर्गत पुरुष विधातर्फको खेलमा विश्व नम्बर २ ड्यानियल मेडभेडेभले स्पेनिश खेलाडी पाब्लो अन्डुजरलाई पराजित गरेका छन्।
लुइस आर्मस्ट्रङ स्टेडियममा खेलिएको तेस्रो चरणको खेलमा रसियाका मेडभेडेभले अन्डुजरलाई ६-०, ६-४ र ६-३ को सहज सेटमा पराजित गरेका हुन्। मेडभेडेभले अन्डुजरलाई पहिलो सेटमा बेगलमार्फत पराजित गरेका थिए।
पहिलो सेटको कारण नै खेलमा बलियो सुरुवात गरेका मेडभेडेभले त्यसपछिका दुई सेटमा पनि सहज जित निकाल्दै प्रतियोगिताको अन्तिम १६ मा स्थान पक्का गरेका छन्। मेडभेडेभले खेलमा ९ एस प्राप्त गर्दा मात्र १ डबल फल्ट गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया