शुक्रबार बैंक तथा वित्तीय संस्था पूरै दिन सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं, २९ चैत । नेपाल राष्ट्र बैंकले चैत ३० गते शुक्रबार बैंक तथा वित्तीय संस्थाका कार्यालय पूरा दिन सञ्चालन गर्न निर्देशन दिएको छ ।राष्ट्र बैंकका अनुसार कम्पनीहरुको त्रैमासिक कर तथा विवरण बुझाउने समय भएकोले चैतको अन्तिम शुक्रबार बैंक तथा वित्तीय संस्थामा आधा बिदा नहुने जनाएको छ ।असोज, पुष, चैत्र र असार महिनाको २५ गते पछि शनिबार लगायत अन्य सार्वजनीक बिदा तथा आधा बिदा नहुने नीतिगत ब्यवस्था राष्ट्र बैंकले गरेको छ ।जस्तो सुकै सार्वजनिक बिदा परे पनि राजस्व संकलन गर्ने आन्तरिक राजस्व कार्यालयहरु, करदाता सेवा कार्यालयहरु, भन्सार कार्यालयहरु, नेपाल राष्ट्र बैंक लगायत सम्पूर्ण बैंकहरु, राजस्व वापत हुने चेक क्लियरिङ गर्ने अन्य बैंक तथा नेपाल क्लियरिङ हाउसलाई चैत ३० गते (शुक्रबार) पनि पूर्णकालिन रुपमा खुला गर्न भनिएको छ ।बैंक तथा वित्तीय संस्थाहरुमा अन्य दिनहरुमा भने शुक्रबार आधा दिन मात्र कारोबार हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?