आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

लोकपथ
77
Shares

काठमाडौं । आज दिउँसो देशभर आशिंक देखि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै राति भने देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। हाल मनसुनी न्यून चापिय रेखा नेपालको तराई भु–भाग भन्दा केही तल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?