काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार (आज) का लागि विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ ।
जसअनुसार एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११७ रुपैयाँ १४ पैसा रहेको छ ।
त्यसैगरी यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ५ पैसा, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६२ रुपैयाँ र बिक्रीदर ३१ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ७ पैसा र बिक्रीदर ३१ रुपैयाँ २३ पैसा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया