काठमाडौं। फिफा विश्वकप २०२२ को छनोट खेलअन्तर्गत इङ्ल्यान्डले एन्डोरालाई ४-० गोलले पराजित गरेको छ।
लन्डनस्थित वेम्बले मैदानमा खेलिएको समूह ‘आई’को खेलमा जेसी लिङगार्डले पहिलो हाफको १८औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० को अग्रता लिएको घरेलु टोलीले दोस्रो हाफमा अर्को तीन गोल थप्यो।
दोस्रो हाफको ७२औं मिनेटमा स्ट्राइकर ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इङ्ल्यान्डको अग्रता दोब्बर बनाएका थिए। त्यसपछि खेलको ७८औं मिनेटमा जेसी लिङगार्डले व्यक्तिगत दोस्रो गोल गर्न सफल भए।
खेलमा बलियो पकड जमाएको घरेलु टोलीले ८५औं मिनेटमा अर्को गोल थप्यो। यस पटक लिङगार्डको पासमा बुकायो साकाले गोल गर्दै इङ्ल्यान्डलाई ४-० को सहज जित दिलाउन सफल भए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया