वर्षातले बिजोग !

लोकपथ
203
Shares
साङ्केतीक तस्वीर

काठमाडौं – काठमाडौं उपत्यकामा गएरातिदेखि परेको भारी वर्षाको कारण चार सय घर डुबानमा परेका छन् । तीन सय जनाको उद्धार गरिएको छ। काठमाण्डौमा ३ सय ८५, भक्तपुरमा १२ र ललितपुरमा चार वटा घर डुबानमा परेको प्रहरीले जनाएको छ । हालसम्म काठमाण्डौबाट २ सय ३२, भक्तपुरबाट ५४ र ललितपुरबाट १५ जनाको उद्धार गरिएको छ। भक्तपुरबाट ५ सय ९० वटा बङ्गुर र २ हजार ३ सय वटा हाँसको समेत उद्धार गरिएको छ ।

बिहान १ बजेबाट चट्याङसहित परेको भारी वर्षाका कारण खोला आसपास र होचा ठाउँका बस्ती डुबानमा परेपछि मानिसहरुलाई सास्ती भएको छ ।

प्रहरीका अनुसार काठमाडौंको मूलपानी, मनोहरा बस्ती, कालीमाटी र बल्खु तरकारी बजार, बालाजुको नेपालटार, शङ्खमूल पार्क, कुलेश्वर हाउजिङ, कोटेश्वरको नरेफाँट, रामकोट, बाफल, सीतापाइला लगायतका बस्ती डुबानमा परेका छन्। वाग्मती, विष्णुमती लगायतका नदी खोला आसपासका धेरै सुकुम्बासी बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ । उता, शंखपार्कमा पानी पस्दा आवतजावतमा समेत समस्या भएको छ । अहिले वर्षा रोकिएको छ । तर मौसम खुलेको भने छैन ।

आज देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग हल्का वर्षात् रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?