के व्यवसाय गर्नको लागि सेयर धितो राख्न पाइन्छ ? यस्तो छ राष्ट्र बैंकको जवाफ

लोकपथ
133
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले उद्यमी व्यवसायीहरुले उद्योग व्यवसायका लागि अन्य धितोसँगै सेयर समेत धितो राख्न चाहेमा सेयर धितो राखी कर्जा लिन पाइने बताएको छ ।

बैंकले आफ्नो वेवसाइटमा बारम्बार सोधिने प्रश्नहरु (Frequently Asked Questions ) शीर्षकमा आएको प्रश्नमा जवाफ दिँदै यस्तो बताएको हो ।

जहाँ, के व्यवसाय गर्नको लागि सेयर धितो राख्न पाइन्छ ? यस्तो कर्जा लिँदा समेत मार्जिन कर्जाको एकल ग्राहक कर्जा सीमा लागू हुन्छ ? भनि प्रश्न गरिएको छ ।

सो प्रश्नको जवाफ दिँदै राष्ट्र बैंकले भनेको छ, “उद्यमी व्यवसायीहरुले उद्योग व्यवसायका लागि अन्य धितोसँगै सेयर समेत धितो राख्न चाहेमा सेयर धितो राखी कर्जा लिन पाइन्छ । बैंक तथा वित्तीय संस्थाले व्यवसायीक प्रयोजनको लागि प्रवाह भएको कर्जाको लागि अन्य सम्पत्ति धितो राखे सरह अतिरिक्त धितोको रुपमा सेयर समेत धितोको रुपमा राख्न सक्छन् । अन्य संस्थाको सेयर किन्ने प्रयोजनदेखि बाहेकका व्यावसायिक प्रयोजनको लागि सेयर धितो राखी प्रवाह भएको कर्जामा मार्जिन प्रकृतिको कर्जामा जस्तो एकल ग्राहक कर्जा सीमा (Single Obligor Limit) को रुपमा रहेको एउटा इजाजतपत्रप्राप्त संस्थाबाट अधिकतम रु. ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम रु. १२ करोडको सीमा लागू हुदैन ।”

यद्यपी अन्य संस्थाको सेयर किन्ने प्रयोजनको लागि भने इजाजतपत्रप्राप्त संस्थाबाट अधिकतम रु. ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम रु. १२ करोडको सीमा लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?