काठमाडौं उपत्यकामा असोज १ देखि विद्यालय खुलाउने निर्णय

लोकपथ
231
Shares

काठमाडौं । काठमाडौं जिल्लामा असोज १ गतेदेखि विद्यालय खुलाउने तयारी भएको छ ।

आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सबै सरकारी र निजी विद्यालयलाई कोभिड प्रोटोकल पालना गर्दै खुलाउन अनुमति दिने निर्णय गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालका अनुसार भदौ मसान्तसम्म स्थानीय तहका शिक्षा शाखाले कोभिड–१९ संक्रमणको अवस्था, शिक्षक–कर्मचारीले खोप लगाए नलाएको विवरण र विद्यालय सञ्चालनको ढाँचा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मा पेश गर्नुपर्नेछ । त्यसको आधारमा डीसीसीएमसीले विद्यालय खुलाउने अनमुति दिने उनले जानकारी दिइन् ।

भदौ १६ गते बसेको डीसीसीएमसीको बैठकले भौतिकरुपमा विद्यालय संचालन गर्नुपर्ने भए प्रशासनको अनुमतिमा कोभिड प्रोटोकल पालना गर्दै संचालन गर्न सकिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?