शनि जस्तै आकारको यस ग्रहमा तीन गुणा बढी पानी ?

वासिंटन– खगोल वैज्ञानिकले सौर्यमण्डलको बाहिर करीब ७०० प्रकाशवर्ष टाढा शनि ग्रहको आधारको एक ग्रहको पत्ता लगाएका छन् । जुन ग्रहमा प्रशस्त पानी हुन सक्ने संकेत मिलेको वैज्ञानिकहरुको भनाई रहेको छ । अमेरिकी अन्तरीक्ष अनुसन्धान संस्था नासाले भनेको छ कि उक्त ग्रहको नाम ‘डब्लूएएसपी–३९बी’ दिइएको छ । उक्त ग्रहमा शनि ग्रहको तुलनामा तीन गुणा बढी पानी रहेको छ । अनुसन्धानकर्ताका अनुसार उक्त ग्रह सौर्यमण्डलको ग्रहजस्तो देखिँदैन । तर, ‘डब्लूएएसपी–३९बी’ कुनै तारा चोइटिएर बनेको ठानिएको छ । कन्याराशिबाट तारामण्डलस्थित ‘डब्लूएएसपी–३९बी’ ले सूर्यलाई चार दिनमा एक चक्कर लगाउँछ । सोहि ताराको नाम ‘डब्लूएएसपी–३९बी’ हो । सौर्यमण्डलदेखि बाहिरका यो ग्रह आफ्नो तारादेखि निकै नजिक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?