राष्ट्रिय अन्डर-२३ टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल

काठमाडौं। नेपाली राष्ट्रिय अन्डर-२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन नियुक्त भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमवार राष्ट्रिय टोलीका पूर्वखेलाडी तथा प्रशिक्षक महर्जनलाई अन्डर-२३ को प्रमुख प्रशिक्षणको जिम्मेवारी दिएको छ। महर्जनले एएफसी यू-२३ एसियन कपअन्तर्गतका छनोट खेलका लागि अण्डर-२३ को प्रशिक्षण गर्नेछन्।

Nepal Coach Bal Gopal Maharjan: There Is Technical & Tactical Improvement In The Team

त्यस्तै रोहित केसीलाई सहायक प्रशिक्षक तथा ललित चन्दलाई गोलरक्षक प्रशिक्षकको भूमिकामा नियुक्त गरिएको छ। नेपालले एएफसी यू-२३ एसियन कप छनोट प्रतियोगिताअन्तर्गत ईरान, लेबानन र ताजिक्स्तानसँग प्रतिस्पर्धा गर्नेछ।

ताजिक्स्तानमा आयोजना हुन गइरहेको प्रतियोगिताको समूह ‘बी’मा रहेको नेपालले अक्टोबर २५ मा ईरानविरुद्ध पहिलो खेल खेल्नेछ। त्यस्तै दोस्रो खेलमा नेपालले आयोजक राष्ट्र ताजिक्स्तानसँग अक्टोबर २८ मा प्रतिस्पर्धा गर्नेछ भने अक्टोबर ३१ मा नेपालले लेबाननविरुद्ध अन्तिम खेलमा प्रतिस्पर्धा गर्नेछ।

AFC U23 Asian Cup qualifications draw: Live streaming, updates & more

समूह ‘बी’का सम्पूर्ण खेल ताजिक्स्तानको राजधानी दुशानबेस्थित रिपब्लिकन सेन्ट्रल स्टेडियममा खेलिने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?