आजको मौसम : देशभरका धेरै स्थानमा वर्षा हुने सम्भवना

लोकपथ
154
Shares

काठमाडौं । आज देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, बागमती तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव रहेको छ । साथै देशको पश्चिमी तराई नजिक मनसुनको न्युन चापिय रेखा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?