काठमाडौं । युनिलिभर नेपाल लिमिटेड गत आर्थिक वर्ष २०७७/८८ को लाभांश घोषणा गरेको छ।
कम्पनीको हिजो (सोमबार) बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुका लागि प्रतिकित्ता ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ।
कम्पनीले लाभांश वितरण प्रयोजनको लागि असोज २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले असोज २४ गतेसम्म कायम सेयरधनीहरुले कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया