काठमाडौं। नेपाल र पीएनजीबीच जारी पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा पीएनजी १३४ रनमा अलआउट भएको छ।
ओमानको राजधानी मस्कटस्थित अल अमेरट क्रिकेट मैदानमा भइरहेको खेलमा पीएनजीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । खेलमा नेपालका लागि डेब्यू गरेका तीव गतिका बलर विक्रम सोबले आफ्नो करियरको पहिलो बलमै विकेट लिन सफल भएका थिए।
नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए भने विक्रम सोब र कुशल मल्लले समान २२ विकेट लिएका छन्। त्यस्तै सोमपाल कामीको नाममा १ विकेट रहेको छ।
उता पीएनजीका लागि ओपनर लेगा साइकाले सर्वाधिक ३० रन बनाउन सफल भए भने चार्ल्स अमिनीले २३ तथा गौडी टोकाले २२ रन बनाएका छन्। निर्धारित ५० ओभरमा १३५ रनको लक्ष्य पछ्याउँदै नेपालले केही समयमा आफ्नो ब्याटिङ सुरु गर्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया