आठ अर्ब खर्चिएर १२ वर्षमा पनि पूरा भएन ‘साक्षर नेपाल अभियान’

सेप्टेम्बर ८, अर्थात् विश्व साक्षरता दिवस । सन् १९६५ मा युनेस्कोले हरेक वर्षको सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसको रूपमा मनाउने घोषणा गरेको हो ‘Literacy for a human–centred recovery M Narrowing the digital divide’ भन्ने नाराका साथ सन् २०२१ को साक्षरता दिवस विश्वभर मनाइँदै छ ।

२०६५ मा दुई वर्षभित्र निरक्षरता हटाइने भन्दै नेपाल सरकारले सुरु गरेको ‘साक्षर नेपाल अभियान’को लक्ष्य दशकभन्दा बढी समय बित्दा समेत पूरा हुन सकेको छैन । आर्थिक वर्ष २०७६/७७ मा पूर्ण साक्षर बनाइने भनिए पनि कोरोना महामारीका कारण सो लक्ष्य पनि पर धकेलिएको छ ।

दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्न भनेर २०६५ सालमा मुलुकभर साक्षरता कार्यक्रम अभियानको रूपमा सञ्चालन गरियो । २०६७ सालमा पनि सोही कार्यक्रम दोहोरियो । बजेटमा समेत तामझामका साथ नेपाललाई सराक्षर राष्ट्र घोषणा गर्ने भनेर उल्लेख गरियो ।

नेपालमा सर्वप्रथम सन् १९९८ मा सुर्खेत, सन् १९९० मा लमजुङ र कपिलवस्तु जिल्लामा साक्षरता अभियान सञ्चालन गरिएको थियो । राष्ट्रिय रूपमा यसको अभियान सुरुवात भने आव २०६५/६६ को बजेटमार्फत गरिएको हो । उक्त बजेटमार्फत सरकारले दुई वर्षभित्र निरक्षर उन्मूलन गर्न राष्ट्रिय साक्षरता अभियान कार्यक्रम सञ्चालन थालनी गरेको थियो । उक्त बजेटमा दुई वर्षभित्र ७८ लाख निरक्षरलाई साक्षर बनाउने लक्ष्य लिइएको थियो ।

तर, पूर्णसाक्षर हुने भनेको १० वर्षसम्म लक्ष्य हासिल हुनसकेको छैन । यो अवधिमा करिब आठ अर्ब रूपैयाँ खर्च भइसकेको छ । सूचना प्रविधिको युगको सुरुआत भएसँगै साक्षरताको परिभाषा नै परिवर्तन गर्नुपर्ने अवस्थाले अपेक्षित नतिजा प्राप्त हुन सकिरहेको छैन । अब, आर्थिक वर्ष २०७८/७९ सम्म यो लक्ष्य पूरा गर्ने तयारीमा शिक्षा मन्त्रालय रहेको छ । युनेस्कोको मापदण्डअनुसार ९५ प्रतिशत साक्षरता दर रहेको मुलुकलाई पूर्णसाक्षर मुलुक मानिन्छ । नेपालमा २३ जिल्ला पूर्ण साक्षर हुन बाँकी छन् ।

संघीय राजधानी काठमाडौं समेत साक्षर घोषणा हुन सकेको छैन । भदौ २१ गते काठमाडाैं महानगलाई साक्षर घोषणा गरिएको थियो । महानगरमा ९६.६ प्रतिशत साक्षर भएको तथ्यांक प्राप्त भएको र ३२ वटै वडाबाट आएको तथ्यांकको आधारमा साक्षर घोषणा गरिएको शिक्षा शाखाका प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए । बोल्न, लेख्न, पढ्न, हिसाब किताब गर्न, पैसाको अंक चिन्न, मोबाइलको अंक थिच्न, घडीको समय हेर्न सक्नेलाई आधार मानिएको छ ।

शिक्षा तथा मानव स्रोत केन्द्रका अनुसार नेपालमा साक्षरताको अवस्था

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?