कुन रङको लिपिस्टिक लगाउने महिला कस्ता !

एजेन्सी । लिपिस्टिकले महिलाको सौन्दर्य बढाउने मात्र होइन उनीहरुको चरित्र स्वाभावको धेरै कुरा खोल्न सक्छ ।कुन रङको लिपिस्टिक लगाउने महिला कस्ता हुन्छन् ?ब्लड रेडः जो महिला गाडा रातो वा ब्लड रातो रङको लिपिस्टिक प्रयोग गर्न मन पराउँछ त्यस्ता महिलाहरु मानिसहरुसँग घुलमिल हुन एकदम रुचाउँछन् । साथै मानिसहरुको आर्कषणको केन्द्र बन्न मन पराउँछन् । यस्ता महिलाहरु आत्मविश्वासी हुन्छन् ।हाँट पिंकः हाँट पिंक कलरको लिपिस्टिक लगाउने महिलाहरु मेहेनती हुनुका साथै फूर्तिलो हुन्छन् । साथै यी महिलाहरु बुद्धिवान् पनि हुन्छन् । साथै यी महिलाहरु स्वार्थी र घमण्डी हुन्छन् ।वाइन रेडः वाइन कलरको लिपिस्टिक प्रयोग गर्ने वा मन पराउने महिलाहरु बोल्ड हुन्छन् । यस्तो रङको लिपिस्टिक प्रयोग गर्ने महिलाहरुलाई राम्रोसँग थाहा हुन्छ कि मानिसहरुलाई आफूतिर कसरी आर्कषित गर्ने तरीका ।बेबी पिंकः बेबी पिंक कलरको लिपस्टिक लगाउन मन पराउने महिलाहरु बच्चा जस्तै नाजुक र आर्कषक हुन्छन् । उनीहरुको रंगीन र मनोरञ्जनात्मक व्यवहारले मानिसलाई आर्कषित हुन्छन् ।महरून कलरः महरून कलर मन पराउने वा लगाउने महिलाहरु निडर र धेरै मुडी स्वाभावका हुन्छन् । यस्ता महिलाहरु हरेक काम परफेक्ट तरिकाबाट गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्छन् ।कोरल कलरः कोरल कलर मन पराउने महिला जिम्मेवारी निभाउने र आफ्नो अधिकार लिन पनि पछि नहट्ने स्वाभावका हुन्छन् । यस्ता महिलाहरु मानिसहरुको बीचमा निकै सम्मानका साथ प्रस्तुत हुने गर्दछन् ।ओरेन्ज कलरः जो महिला ओरेन्ज कलरको लिपिस्टिक मन पराउँछन् ति महिलाहरु आफ्नो करियरलाई लिएर ज्यादै लगनशिल हुन्छन् । यस्ता महिलाहरुलाई समाजमा निकै सम्मान दिने गरिन्छ ।पर्पलः जो महिला पर्पल लिपिस्टिक प्रयोग गर्छन् ती महिलाहरु धेरै काम गर्ने र धेरै मानिसको बीचमा बस्न रुचाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?