काठमाडौं । डिश मिडिया नेटवर्क लि अन्तर्गत (डिश होम ) ले पोखरा मा डिशहोमको फाईबर नेटको औपचारिक सुरुवात गरेको छ।
बुधबार (आज) पोखराको नयाँबजार स्थित भट्टराई एण्ड ब्रदर्स सप्लायेर्स प्रालिमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले उद्घाटन गरेका छन् ।
डिशहोमका तर्फबाट यरिया सेल्स मेनेजर, सेल्स अफिसर, टेक्निकल व्यक्तित्वहरु, विभिन्न संचार माध्यमका पत्रकारहरु, डिलर दाइहरु, स्थानीय समाजसेवी तथा बुद्दिजिविहरुको समेत सहभागिता रहेको थियो । उक्त कार्यक्रममा भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रालि का अध्यक्ष अम्बिका मोहन भट्टराई ले डिशहोम फाईबर नेटको औचित्यबारे प्रस्ट पारेको थिए ।
डिशहोमले ईन्टरनेटमा गरेको लगानीले अब नेपालमा ईन्टरनेट क्रान्ती सुरु भयो। सस्तो सर्भासुलभ र गुणस्तरीय इन्टरनेट सेवा हरेक ग्राहकहरुलाई थप सेवा सुविधा हित आजबाट जडान हुनेछ भने १० एमबीपीएस देखि ग्राहक को रोजाइ अनुसार १०० एमबीपीएससम्मको प्याकेज उपलब्ध रहेको बताइएको छ।
सहरी क्षेत्रमा सुरु गरेको डिशहोम फाईबर नेट आफ्नो सेवा लाइ ग्रामिण भूभागका ग्राहकलाई पनि छिट्टै उपलब्ध गराउने कुरा डिश होम का यरिया सेल्स मेनेजर प्रदिप सुवेदीले जानकारी गराए ।
डिशहोम फाईबर नेटसँगै अन्य सेवा पनि छिट्टै सुरु हुने कुरा जानकारी गराए । यससँगै अब ईन्टरनेटको समस्याले कुनैपनी नागरिक बन्चित हुनुनपर्ने बताइएको छ।
भट्टराई एण्ड ब्रदर्स प्रा ली ले डिस होम , डिस होम फाइबर नेट इन्टरनेट तथा विभिन्न उच्चस्तरिय ब्राण्डका इलेक्ट्रोनिक तथा अटोमोबाइल्सका सामानहरुको बिक्रीवितरणमा गण्डकी तथा धवलागिरी क्षेत्रमा बजार विस्तार जमाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया