ब्राजिलका खेलाडीमाथि प्रतिबन्ध, आठ खेलाडीले यस साताको प्रिमियर लिग गुमाउने

काठमाडौं। ब्राजिलियन राष्ट्रिय फुटबल टोलीका आठ खेलाडीमाथि प्रतिबन्ध लगाइएको छ।

फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिका क्षेत्रको छनोट खेलका लागि राष्ट्रिय टोलीका खेलाडी फुकुवा नगरेको भन्दै इंग्लिश प्रिमियर लिगका आठ ब्राजिलियन खेलाडीमाथि पाँच दिने प्रतिबन्ध लगाइएको छ।

Premier League clubs will be blocked from playing Brazilian stars | Sport |  The Times

ब्राजिलियन फुटबल एसोसिएसनले फिफालाई एक प्रतिवेदन पेश गर्दै राष्ट्रिय टोलीका लागि खेलाडी फुकुवा नगरेको आरोपमा इंग्लिश क्लब लिभरपुल, म्यान्चेस्टर युनाइटेड, म्यान्चेस्टर सिटी, लिड्स युनाइटेड र चेल्सीका आठ ब्राजिलियन खेलाडीलाई सेप्टेम्बर १० देखि १४ सम्म संचालन हुने लिग खेलमा सहभागिता जनाउन प्रतिबन्धको माग गरेको थियो। सो विषयमा फिफाले सहमति जनाउँदा निम्न खेलाडीले आगामी साताको प्रिमियर लिग खेल गुमाउने भएका छन्।

लिभरपुल: एलिसन बेकर, फाबिन्हो, रोबर्टो फर्मिन्हो
म्यान्चेस्टर सिटी: एडरसन, ग्याब्रियल जिसस
म्यान्चेस्टर युनाइटेड: फ्रेड
लिड्स युनाइटेड: राफिन्हा
चेल्सी: थियागो सिल्भा

Premier League: Brazil asks FIFA to ban 8 players

इंग्लिश क्लबले आफ्नो खेलाडी फुकुवा नगर्नुको कारण कोभिड-१९ को क्वारेन्टाइन नियम देखाएको छ। बेलायत सरकारले ब्राजिललाई रातो सूचीमा राखेको कारण ब्राजिलबाट आउने व्यक्तिलाई कम्तीमा पनि १० दिन क्वारेन्टाइन अनिवार्य गरिएको छ।

उक्त कारण ब्राजिलियन खेलाडीले आ-आफ्नो क्लबका लागि केही खेल गुमाउने भएकोले इंग्लिश क्लबले आफ्नो ब्राजिलियन खेलाडीलाई फुकुवा गरेका थिएनन्। यसैबीच अर्को इंग्लिश क्लब एभरटनले भने आफ्नो स्टार खेलाडी रिचारलिसनलाई राष्ट्रिय टोलीमा समावेश हुन फुकुवा गरेको थियो।

Why Brazil vs Argentina was suspended, the four Premier League players and  chaos explained - Mirror Online

त्यसैले फिफाले रिचारलिसनलाई कुनै पनि क्लब खेलमा प्रतिबन्ध लगाएको छैन। क्वारेन्टाइनको कारण देखाएर यसै साता ब्राजिल र अर्जेन्टिनाबीचको खेल पनि रद्द गरिएको थियो। ब्राजिलमा पनि बेलायतबाट आएका व्यक्तिमाथि क्वारेन्टाइन अनिवार्य गरिएको छ। तर सो खेलमा अर्जेन्टिनाले इंग्लिश क्लब एस्टन भिल्लाका इमिलियानो मार्टिनेज तथा इमिलियानो बुवेन्डिया र टोटनह्यामका क्रिस्टियन रोमेरो तथा जियोभानी लो सेल्सोलाई मैदानमा उतारेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?