काठमाडौं । साताको पहिलो दिन देखिनै भारी अंकले गिरावट हुदै आएको सेयर बजारमा आज अन्तिम दिन झिनो अंकले ओरालो लागेको छ ।
आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक शुन्य दशमलब ६२ अंकले घटेर २८ सय ७५ दशमलब ९७ अंकमा पुगेको छ ।
यता सेन्सेटिभ परिसूचक १ दशमलब ५३ अंकले घटेर ५ सय ३५ दशमलब २९ बिन्दुमा पुगेको छ ।
आज कुल २३० कम्पनीको १ करोड ४४ लाख ७४ हजार ८५५ कित्ता सेयर खरिदबिक्री गर्दा ७ अर्ब ५० करोड ७ लाख ७० हजार ७० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
हिजोको तुलनामा आज बिहीबार कारोबार रकममा वृद्धि आएको छ ।
बिहीबार कुल १३ उपसमूहमा ४ वटा उपसमूहहरुको सेयर मूल्यमा हरियाली छाएको छ । भने अरु बाकी भएका सबै उपसमूहको सेयरमूल्यमा राताम्ये भएको छ ।
बिहीबार बजारमा हिमालयन पावरपार्टनर लिमिटेडको १० प्रतिशत र सानिमा लाइफ इन्स्योरेन्सको ९ दशमलब ९९ प्रतिशतले सेयरमूल्यमा सर्किट लागेको छ । भने रिदी हाइड्रोपावरले सबै भन्दा धेरै आफ्नो सेयर मूल्य गुमाएको छ । यस कम्पनीले ५ दशमलब २६ प्रतिशतले घटेको हो ।
सेयर बजारमा आज सर्वाधिक कारोबार रिदी हाइड्रोपावरले ४९ करोडबराबरको गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया