आजको मौसम : देशभरका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

लोकपथ
77
Shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले तत्काल भारी वर्षाको सम्भावना नरहेको जनाएको छ । मौसमविद्का अनुसार मनसुनको न्यून चापिय रेखा औसतभन्दा दक्षिण अर्थात् भारततिर छ । जसकारण ठूलो वर्षाको सम्भावना छैन ।

तर, हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ । काठमाडौैं उपत्यकामा शनिबार बिहान घाम लागेको छ ।

दिउँसो र राति  देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले प्रक्षेपण गरेको छ ।

सोमवार राति भने प्रदेश १ को एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?