आईपीएल क्रिकेटमा बेङ्ग्लोरको पहिलो जित, पञ्जाब पराजित

काठमाडौं, १ वैशाख । इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) मा रोयल च्यालेञ्जर्स बैंङ्ग्लोरले पहिलो जित निकालेको छ । शुक्रबारराति भएको खेलमा बैंग्लोरले पञ्जावलाई चार विकेटले पराजित गरेको हो । पञ्जाबले दिएको १ सय ५६ रनको लक्ष्य बैङलोरले १९ ओभर तीन बलमा ६ विकेट गुमाउँदै भेट्टयो । बैंग्लोरको जितमा दक्षिण अफ्रिकी खेलाडी एवी डिभिलियर्सले ५७ तथा क्विण्टन डी ककले ४५ रन बनाए भने मन्दिप सिंहले २२ र कप्तान विराट कोहलीले २१ रनको योगदान गरे । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जावले १९.२ ओभरमा एक सय ५५ रन बनाउँदा अलआउट भयो । उसका ६ खेलाडीले मात्र दोहोरो अंकको रन स्कोर गर्न सके । पञ्जाबका लागि लोकेश राहुलले ४७ रन बनाउदा करुन नायरले २९ तथा कप्तान रविचन्द्रन आश्विनले ३३ रनको योगदान गरे । बाँकि खेलाडी सस्तैमा आउट भए । बलिङतर्फ बैंगलोरका उमेश यादवले तीन तथा क्रिस वक्स, वासिङटन सुन्दरले दुई–दुई विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?