नयाँ वर्षमा सुरु भयो दराजको नेपालीपन योजना, ८१ प्रतिशतसम्म छुट

काठमाडौं, १ वैशाख । नेपालको नम्बर एक अनलाइनमार्केट प्लेसदराज डटकम डट एनपीले नयाँवर्षको उपलक्ष्यमा नेपालीपन नामको छुट योजना सुरु गरेको छ ।अनलाइनमार्केट प्लेसबाट सामान खरिद गर्ने सेवाग्राहीलाई लक्षित गर्दै दराजले नेपाली उत्पादनको खरिदमा ८१ प्रतिशतसम्मको छुट दिने योजना ल्याएको हो ।अनलाइन माध्यमबाट वस्तु तथाउत्पादनको बिक्री बितरणमा नेपालकै अग्रणी मार्केट प्लेस दराजले ‘स्वदेशी सामानमा रमाऔं, नयाँवर्ष मनाऔं’ भन्ने नाराका साथ ५ दिने छुट योजना सञ्चालन गरेको हो । बैशाख १ देखि ५ गतेसम्म सञ्चालन हुने छुट योजना अन्तरगतदराज डटकम डट एनपीबाट अधिक सस्तो मूल्यमा नेपाली उत्पादन खरिद गर्न पाइनेछ । लत्ता कपडा, व्याग, जुत्ताचप्प ललगायतका नेपाली उत्पादनको खरिदमा दराजले ८१ प्रतिशतसम्मको छुट दिनेछ ।नेपाली ब्राण्डहरु गोल्ड स्टार, कपास, सोनामगियर, सबा नेपाल, शिखर, क्यालिबर लगायतका नेपाली ब्राण्डका उत्पादनको खरिदमा उल्लेखित छुट उपलब्ध हुनेछ । छुट योजना सुरु भए पछिका पहिलो २ सय जनाले कम्तीमा १ हजार रुपैंयाको सामान खरिद गर्दा २५० रुपैंया थप छुट पाउने छन् । यसका लागि दराजको अनलाइनमार्केट प्लेसबाट सामान खरिद गर्दा EARLY 250 भौचर कोड प्रयोग गर्नु पर्ने हुन्छ । त्यसै गरी बैशाख २ देखि ५ गतेसम्म कम्तीमा २ हजार रुपैंयाको सामान खरिद गर्नेहरुले NEPAL 250 भौचर कोड प्रयोग गरी २५० रुपैंया छुट पाउने छन् ।दराजले नेपाली उत्पादनको प्रवद्र्धन गर्नका लागि अनलाइनमार्केट प्लेसमा यस्तो छुट योजना सञ्चालन गरेको हो । यसबाट नेपाली उपभोक्ता नेपाली ब्राण्डको प्रयोगमा अभ्यस्त हुने विश्वास दराजले लिएको छ ।नेपालका १९ प्रमुख शहरहरुमा सेवा प्रदान गर्दै आएको दराजले वस्तु तथा सेवाका खरिद कर्ता र बिक्री कर्ताको भेट गराउने गरेको छ । मार्केट प्लेसबाट खरिद गरेको सामान चित्त नबुझेको खण्डमा एक सातासम्ममा फिर्ता गर्न सकिने व्यवस्था दराजले गरेको छ । पछिल्लो पटकमात्र बनेपा र धनगढीमा पनि आफ्नो सेवा सुरु गरेको दराज डट कम डट एनपीको दराजनामको मोबाइल एप्लिकेशनबाट पनि सामान किन्न सकिन्छ । थप जानकारीका लागि दराज डट कम डट एनपी भिजिट गर्न सकिन्छ ।https://www.daraz.com.np/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?