काठमाडौं, १ बैशाख । अमेरिकाले सिरियामाथि एक पटक फेरि हमला गरेको छ र यसपटक उसले टोमहक क्षेप्यास्त्र हानिरहेको छ ।टोमहक मिसाइल अमेरिकाको अचुक मिसाइल हो र पछिल्ला २० वर्षदेखि अमेरिकाले यसको प्रयोग गर्दै आएको छ ।अमेरिकाले जब आफ्नो निशानामाथि सुरक्षित दुरीमा बसेर अचुक हमला गर्न चाहन्छ भने टोमहक मिसाइलको प्रयोग गर्ने गर्दछ ।सिरियामा चरमपन्थी संगठनका अड्डालाई लक्षित गरी अमेरिकाले हमला गरेको थियो । तर सन् २०१७ मा पहिलो पटक सिरियामा अमेरिकाले सिधा कारबाही गरेको थियो । यो हमला सिरिया सरकारविरुद्ध गरिएको थियो । सिरियामा सन् २०११ देखि युद्ध जारी छ ।अचुक निशाना, लामो दुरी६ मिटर लामो, करिब १ हजार ५ सय किलो तौलको यो मिसाइलले लामो दुरीसम्म मार हान्न सक्छ । त्यतिमात्रै होइन यी मिसाइललाई ४ सय ५४ किलो विस्फोटक पदार्थले लैस गर्न सकिन्छ ।टोमहक मिसाइल ८ सय ८५ किलोमिटर प्रतिघन्टाको गतिबाट १ हजार ६ सय किलोमिटरको दुरीमा रहेको आफ्नो निशानालाई प्रहार गर्नसक्छ ।यो मिसाइलले जीपीएस प्रविधिमा काम गर्दछ । कुनै समयमा यो मिसाइल पनि निशानाबाट चुक्नसक्छ । तर १० मिटरभन्दा बढी टाढा जाँदैन ।अमेरिकाको रेडियन कम्पनीले टोमहक मिसाइलको निर्माण गर्ने गर्छ । कम्पनीका अनुसार टोमहक संसारकै सबैभन्दा आधुनिक क्रुज मिसाइल हो । ९० को दशकमा भएको खाडी युद्धका समयदेखि यो प्रयोगमा रहँदै आएको छ ।इराक र लिबियामा अमेरिकाले गरेका आक्रमणमा पनि यही मिसाइल प्रयोग भएको थियो । सन् २०१४ मा आईएसविरुद्ध अमेरिकाले टोमहक मिसाइल प्रयोग गरेको थियो ।आईएसकाविरुद्ध सिरियामा गरिएको हमलामा फारसको खाडी र लालसागरमा रहेका जहाजबाट ४७ वटा टोमहक मिसाइल प्रहार भएको थियो । लिबिया र सिरियापछि यमनमा तीन राडार अड्डा नष्ट गर्नका लागि पनि यही मिसाइल प्रयोग भएको थियो ।सन् २०१७ मा पूर्वी भुमध्यसागरमा रहेका दुई युद्धक विमानबाट अमेरिकाले सिरियाको एउटा एयरबेसमा ५९ वटा मिसाइल हानेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया