काठमाडौं। इटालियन सिरी-ए अन्तर्गत शनिवार खेलिएको खेलमा बलियो टोली युभेन्टस नापोलीसँग २-१ गोलले पराजित भएको छ।
नापोलीको घरेलु मैदानमा भएको खेलमा युभेन्टसले सुरुवाती १० मिनेटमै अग्रता लिएको थियो। पाहुना टोलीका लागि स्ट्राइकर अल्भारो मोराटाले गोल गरेका थिए।
पहिलो हाफमा एक गोलले पछि परेको नापोलीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो। नापोलीका लागि ५७औं मिनेटमा मिडफिल्डर मयाटियो पोलिटनोले गोल गरेका थिए।
खेलको ८५औं मिनेटमा नापोलीले दोस्रो गोल थप्यो। यस पटक घरेलु टोलीका रक्षक कोलिदौ कुलिबालीले गोल गर्दै नापोलीको पुनरागमन सफल बनाएका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया