लाभांश पारित गर्न नेपाल ल्युब आयलले बोलायो वार्षिक सभा, बुक क्लोज कहिले ?

लोकपथ
77
Shares

काठमाडौं । लाभांश वितरण गर्न नेपाल ल्युब आयल लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । गत भदौ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा आउँदो असोज १८ गते हुनेछ ।

कम्पनीको सभा ललितपुरको झम्सिखेलीस्थित कार्यालयबाट बिहान ११:३० बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित ३५ प्रतिशत लाभांश पारित गर्नेछ। प्रस्तावित लाभांशमध्ये ३० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश रहेका छन्।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वासलात, नगद प्रवाह विवरण लगायत महत्वपूर्ण प्रतिवेदनहरु पारित गर्नेछ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि असोज ५ गतेदेखि असार १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले असार ४ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र लाभांश पाउन र सभामा भाग लिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?