ग्लोबल आईएमई बैंकले ऋणपत्र निष्काशन गर्ने, कति पायो रेटिङ ?

लोकपथ
63
Shares

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले ४ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्काशन गर्नका लागि रेटिङ सम्पन्न गरेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले बैंकले निष्काशन गर्न लागेको ऋणपत्रलाई ‘इक्रा एनपी इस्युअर रेटिङ ए’ रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले पर्याप्त कर्जा सुरक्षित रहेको संकेत गर्दछ ।

हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा यसले ४ अर्ब १२ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ०८ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ११ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?