बाल महोत्सवमा १५ लाखको कारोबार

उदयपुर, १ वैशाख । उदयपुर कटारी नगरपालिकास्थित कटारी बजारको टाइगर रंगशालामा सञ्चालन भइरहेको बाल महोत्सवमा तीन दिनभित्र झण्डै रु १५ लाख बराबरको आर्थिक कारोबार भएको छ ।चैत २८ गतेदेखि सञ्चालन भइरहेको सोे महोत्सवमा बाल अधिकारसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन तथा स्थानीयस्तरबाट उत्पादित वस्तुको प्रदर्शनी र बिक्रीजस्ता कार्यबाट सो रकमको कारोबार भएको आयोजक जनप्रेमी युवा मञ्च उदयपुरले जनाएको छ ।दस दिनसम्म सञ्चालन हुने सो महोत्सवमा १२५ व्यापारिक स्टल राखिएका छन् भने स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको गीत तथा सांगीतिक प्रस्तुतिसमेत हुने गरेको मञ्चका अध्यक्ष सुरेश गुप्ताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?