यूएस ओपन २०२१: विश्व नम्बर १ जोकोभिचलाई पराजित गर्दै मेडभेडेभले जिते पहिलो ‘ग्रान्ड स्ल्याम’ उपाधि

काठमाडौं। यूएस ओपन २०२१ अन्तर्गत पुरुष सिंगल विधातर्फ रसियाका ड्यानियल मेडभेडेभले विश्व नम्बर १ नोभाक जोकोभिचलाई पराजित गर्दै आफ्नो करियरको पहिलो ग्रान्ड स्ल्याम उपाधि उचालेका छन्।

न्यू योर्कस्थित आर्थुर आशे स्टेडियममा आईतवार राती भएको खेलमा विश्व नम्बर २ मेडभेडेभले जोकोभिचलाई ६-४, ६-४ र ६-४ को सोझो सेटमा पराजित गर्दै पहिलो ग्रान्ड स्ल्याम उपाधि जितेका हुन्। खेलमा १६ एस प्राप्त गरेका मेडभेडेभले कुल ९९ अंक जितेका थिए।

US Open 2021 - Daniil Medvedev wins first major to crush Novak Djokovic's  calendar Grand Slam dream - Eurosport

उता जोकोभिचको क्यालेण्डर ग्रान्ड स्ल्याम उपाधि जित्ने सपना भने अधुरो भएको छ। यसै वर्ष अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बेल्डन गरी तीन ग्रान्ड स्ल्याम आफ्नो पक्षमा पारीसकेका जोकोभिच यूएस ओपन उपाधि जित्दै इतिहास रच्ने दाउमा थिए। उनी इतिहासमै पहिलो पटक २१ ग्रान्ड स्ल्याम उपाधि उचाल्ने खेलाडी बन्ने दाउमा समेत रहेका थिए।

यद्यपि रोजर फेडेरर र फाफाएल नाडालसँग कीर्तिमानी २० ग्रान्ड स्ल्याम उपाधि बराबरीमा रहेका जोकोभिचको सपना भने अधुरै रहन पुग्यो। उता मेडभेडेभ भने जोकोभिचलाई पछिल्ला १० ग्रान्ड स्ल्याम फाइनलमा पराजित गर्ने मात्र दोस्रो खेलाडी हुन पुगेका छन्।

Novak Djokovic in tears as Daniil Medvedev wins US Open final in straight  sets – Newsclay

पछिल्लो पटक जोकोभिच सन् २०२० को रोलान्ड गारोस फाइनलमा राफाएल नाडालसँग पराजित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?