तेह्रथुम पावरको आईपीओको पहिलो कारोबार कतिमा होला ? यस्तो छ सम्भावना

लोकपथ
287
Shares

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ)ले धितोपत्र दोस्रो बजारमा पहिलो कारोबारको लागि मूल्य कति पाउला ? कम्पनीको सेयर प्राप्त गर्ने आम लगानीकर्ताहरुको मनमा यो प्रश्न उब्जिएको छ ।

कम्पनीले भदौ ९ गतेबाट भदौ १३ गतेसम्म बिक्री गरेकाे आईपीओकाे भदौ २५ गते बाँडफाँट सम्पन्न भइसकेको छ । गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे आईपीओ ७४ हजार ४ सय जना भाग्यशाली आवेदकले १० कित्ताका दरले हात पार्न सफल भएका थिए ।

बाँडफाँट सम्पन्न भएपछि सेयर हात पार्ने लगानीकर्ताहरूलाई कम्पनीको सेयरले पहिलो कारोबार मूल्य (ओपनिङ्ग रेञ्ज) कति पाउला भन्ने विषयमा चाँसो बढेको छ । कम्पनीको आईपीओले ओपनिङ्ग रेञ्ज कति पाउला भन्ने विषयमा हामी जानकारी दिन गइरहेका छौँ ।

नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि कम्पनीको प्रतिसेयर नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ । जसअनुसार कम्पनी आईपीओले पहिलो कारोबारको लागि प्रति सेयर न्युनतम ८४ रूपैयाँ ७४ पैसादेखि अधिकतम २५४ रुपैयाँ २२ पैसासम्म ओपनिङ रेञ्ज पाउने सम्भावना रहेको छ । कम्पनीको आर्थिक वर्ष २०७६/७७ को प्रतिसेयर नेटवर्थ ८४ रूपैयाँ ७४ पैसा रहेको छ । सोहीअनुसार ८४ रूपैयाँ ७४ पैसा को ३ गुणा २५४ रुपैयाँ २२ पैसा हुन्छ ।

कम्पनीले भदौ ९ गतेबाट भदौ १३ गतेसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर बिक्री गरेको थियो । जसमध्ये ५५ अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २५ अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।

कम्पनीको आईपीओमा २३ लाख ५५ हजार ७ सय ४७ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये ७४ हजार ४ सय जना आवेदकहरूले १० कित्ताका दरले सेयर हात पारेका थिए भने बाँकी २२ लाख ८१ हजार ४७ जनाको भने हात खाली भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?