काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) को शतप्रतिशत हकप्रद सेयर बाँडफाँट भएकाे छ ।
कम्पनीले १:१ अनुपातमा १०० रुपैयाँ अंकित दरका ११ करोड कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमध्ये ७ करोड ३७ लाख ७० हजार २७६ कित्ताका लागि मात्र आवेदन परेको छ ।
आवेदन दिने एक लाख ९६ हजार ४ सय २४ जना सेयरधनीहरूलाई ७ कराेड ३७ लाख ७० हजार २ सय ७६ कित्ता सेयर बाँडफाँट गरिएकाे कम्पनीले जनाएकाे छ ।
बिक्री नभएकाे ३ कराेड ६२ लाख २९ हजार ७ सय २४ कित्ता अवितरित हकप्रद सेयर कम्पनीले लिलामीमा ल्याउने भएको । कम्पनीले साउन ५ देखि भदौ ८ गतेसम्म ११ करोड कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया