नयाँ वर्षमा यी दुई फिल्मलाई मारामार

काठमाडौं –नयाँ बर्षको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा ल्याइएको दुई चलचित्र ‘लिलिबिलि’ र ‘नेप्टे’ले पनि राम्रो ब्यवसाय गरिरहेको दाबी गरिएको छ ।शुक्रवार औषत ब्यवसाय गरेको यी दुबैले शनिबार भने राम्रो ब्यवसाय गरेको बताइएके छ । दुबै चलचित्र मध्य शनिबार बढी ब्यवसाय गर्न ‘लिलिबिलि’ सफल भएको छ ।शनिबार राजधानी र मोफसलका चलचित्र भवनमा दर्शकको चाप देखिएको छ । नयाँबर्ष भएर होला सायद सबै उमेरका दर्शक हलमा देखिएका छन् ।चलचित्र ‘लिलिबिलि’ युनिट शनिबार दर्शकको प्रतिक्रिया बुझ्न बिभिन्न हलमा समेत पुगेको थियो ।शनिवार यो चलचित्र युनिट राजधानीको गोपीकृष्ण हल पुगेको थियो ।राजधानीका गुण, गंगा, मल्टिप्लेक्स क्युएफएक्स अन्तर्गतको सिभिल मल, जय नेपाल, कुमारी हलसँगै विग मुभिज, एफक्यूव, विएसआर मुभिजको हरेक शोमा दर्शक भरिभराउ रहेको निर्माता तथा बितरक गोबिन्द शाहीले बताए । मोफसलका प्रमुख स्टेशनहरु पोखरा, विर्तामोड, दमक र चितवनका पर्दाहरुमा पनि ‘लिलिबिली’ले राम्रो ब्यवसाय गरेको उनको दाबी रहेको छ ।मिलन चाम्स निर्देशित यस चलचित्रमा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धू्रव दत्त, रितेश चाम्स लगायतका कलाकारको अभिनय छ । काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘लिलिबिली’ मा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सले मिलेर बनाएका हुन् ।यस्तै ‘नेप्टे’ले पनि शनिबार सबै हलमा राम्रो ब्यवसाय गरेको बताइएको छ । बिस्वज्योती, गोपीकृष्ण, अष्टनारायण लगायत चलचित्र लागेको सबै हलमा यसले राम्रो ब्यवसाय गरेको निर्माता रोहित रुम्बाले जानकारी दिए ।अभिनेता दयाहाङ राई पहिलो पटक भिलेन अभिनयमा देखिएको चलचित्र ‘नेप्टे’ हो । रोहित रुम्बा, छुल्ठिम गुरुङ, ए गुरुङ, वुद्दि तामाङ, पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?