दिल्लीमा अर्को अत्यासलाग्दो बलात्कार, १० दिनसम्म

नयाँदिल्ली – दिल्लीस्थित अमन बिहार क्षेत्रमा एक १९ वर्षीय युवतीको १० दिनसम्म बन्धक बनाएर बलात्कार भएको घटना बाहिर आएको छ । सो क्रममा आरोपीले बिजुलीको तार, बेल्ट र रडले प्रहार गरी यातना दिएको समेत जनाइएको छ । युवतीको शरीरका विभिन्न भागमा घाउ देखिएको छ ।युवती १० दिनपछि आरोपीको पन्जाबाट भाग्न सफल भई प्रहरीसम्म पुगेपछि घटना बाहिर आएको हो । युवतीको अहिले अस्पतालमा उपचार भइरहेको छ भने नाम कूलदीप नाम गरेका आरोपी फरार छन् ।कक्षा ११ मा बढ्दै गरेकी पीडित युवतीका अनुसार उनी गत मार्च ३० मा सामान किन्नको लागि बजार गएकी थिइन् । सोहि क्रममा आरोपी कुलदीपले बन्दु्क देखाएर उनको अपहरण गरेका थिए । अपहरणपछि उनले युवतीलाई अमरबिहार स्थित एक घरमा पुर्याएर बन्दक बनाएका थिए ।समाचारअनुसार उनले युवती चिच्याउँदा ठूलो आवाजले गीत बजाउँथे भने कुटपीटका साथै बलात्कार गर्थे ।युवतीका अनुसार कुलदीपले उनको हालखुट्टासमेत बाँधेर राख्ने गरेका थिए । खाना दिँदा बाँधिएको डोरी खोलिदिने गरेपनि एक दिन उनले डोरी बाध्न भुलेका थिए । सोहि मौकामा उनलाई छक्याउँदै युवती भाग्न सफल भएकी थिइन् ।युवतीका आमाका अनुसार उनी निकै खराब हालतमा आफ्नो घर पुगेकी थिइन् । उनी राम्ररी उभिन समेत सकेकी थिइनन् र शरीरभर चोट लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?